जनता टाइम्स

१६ पुष २०७९, शनिबार १४:११

माधव नेपाल सारै कच्चा रहेछन, लिडरसिप त केपी ओली जस्तै हुनुपर्छ : रामकुमारी झाँक्री (भिडियोसहित)


काठमाडौं, पुस १६ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालको कच्चा खेलका कारण पार्टी नै गम्भीर मोडमा पुगेको बताउनु भएको छ ।

परिवर्तित राजनीतिक घटनाक्रमबारे एक टेलिभिजन अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहनुभएका सचिव झाँक्रीले माधवकै कारण नेकपा एस अहिले कर्नरमा परेको ठोकुवा गर्नुभयो ।

‘एमालेसँग गठबन्धनमा हामी गयौं भने के हुन्छ भनेर प्रचण्ड कमरेडले माधव कमरेडलाई सोध्नुभएछ तर माधव कमरेडले हामी जाँदैनौं भन्नुभएछ,’ टेलिभिजन अन्वर्तार्तामा झाँक्रीले भन्नुभयो, ‘दोस्रो पटक पनि प्रचण्ड कमरेडले सोध्नुभएछ, के गर्नुहुन्छ ? समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न भन्नुभएछ, माधव कमरेडले हामी जान्नौं, अपोजिशनमा बस्छौं भन्नुभएन । झाँक्रीलाई थप तपाई नेतृत्वमा भएको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मचाँहि माधवले गरेजस्तो यस्तो कच्चा खेल खेल्ने थिईंन ।’

केपी कमरेडको जस्तो सोच्ने क्षमता माधव नेपालमा भएको भए त कहाँ यस्तो छेउमा परिन्छ त ? बीचमा परिदैन भनेको ? यो मामिलामा त केपी कमरेडले यत्ति स्ट्याटेजिक कदम चाल्नु भयो कि उहाँको टीमकै धेरै सदस्यलाई थाह थिएन होला । लिडसिप त यस्तै हुनुपर्छ क्या !

सचिव झाँक्रीको माधव नेपालको सोच्ने तरिका नै बेठिक भएको बताउनु भयो । उहाँले लिडरसिप त केपी ओली जस्तै हुनुपर्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।

‘केपी कमरेडको जस्तो सोच्ने क्षमता माधव नेपालमा भएको भए त कहाँ यस्तो छेउमा परिन्छ त ? बीचमा परिदैन भनेको ? यो मामिलामा त केपी कमरेडले यत्ति स्ट्याटेजिक कदम चाल्नु भयो कि उहाँको टीमकै धेरै सदस्यलाई थाह थिएन होला । लिडसिप त यस्तै हुनुपर्छ क्या ! ’ झाँक्रीको भनाई छ, ‘शनिवार दिनभरी गाली गर्नुभएको छ, आइतवार प्रधानमन्त्री बनाइ दिनुभयो । यो हो नि त लिडरसिप भनेको ।’

सुन्नोस भिडियो