जनता टाइम्स

१८ पुष २०७९, सोमबार १३:५०

माओवादीले छान्यो लुम्बिनीमा महरालाई सर्वसम्मत दलको नेता


दाङ, पस १८ । नेकपा माओवादी केन्द्र लुम्बिनी पदेश संसदीय दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ । आज बसेको दलको बैठकले महरालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

माओवादी स्थायी समिति सदस्य महरा रोल्पा १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उहाँलाई दलको नेताको रुपमा निर्वाचित गरेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।

अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सचिवालयमा लामो समय बसेर सघाउनु भएका महरा यसपटक मुख्यमन्त्री बन्ने आशमा प्रदेशसभामा निर्वाचन लडनुभएको हो ।