जनता टाइम्स

१८ पुष २०७९, सोमबार १७:२०

मनको नेता भेटने भन्दै दोलखादेखि आएका बृद्धबृद्धालाई निवासमै केपी ओलीको सम्मान (फोटोफिचर)


काठमाडौं, पुस १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेटन निवासमा आएका दोलखा भिमेश्वर नगरपालिकाका बृद्धबृद्धालाई सम्मान गर्नुभएको छ ।

भिमेश्वर नगरपालिकाका आफ्ना वडाका वडाअध्यक्ष बासु श्रेष्ठसँग काठमाडौंको भ्रमण गराएर पशुपतिनाथको दर्शन, इन्द्रेनीको कार्यक्रममा सहभागीतासहित पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गराउनु पर्ने माग गरेपछि उहाँले यस्तो ब्यवस्था गर्नुभएको थियो ।

शनिवार काठमाडौं आउनु भएका बृद्धबृद्धाहरु आज ओली भेटन उहाँको निवास बालकोटमै पुग्नुभएको हो । आफूलाई भेटन आउनुभएका जेष्ठ नागरिकलाई ओलीले दिल खोलेर स्वागतसहित सम्मान गर्नुभएको छ ।