काठमाडौं, पुस १८ । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनका लागि पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको गुनासो गरेको छ ।
सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले कसैबाट पनि सरकारमा सहभागी हुनका लागि प्रस्ताव नआएकोले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताउनु भयो । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको उहाँले बताउनु भयो ।
पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खतिवडाले प्रचण्ड नेतृत्वको सरकारमा संलग्न हुन औपचारिक प्रस्ताव सत्ता गठबन्धनबाट नआएको भन्दै त्यो विषयमा छलफल नभएको बताउनु भएको हो ।
’सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भन्नुभयो, ’औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’













प्रतिक्रिया दिनुहोस्