जनता टाइम्स

२० पुष २०७९, बुधबार १५:३८

राष्ट्रपतिसँग एमाले अध्यक्ष ओलीको दुई घण्टा परामर्श


काठमाडौं, पुस २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितलनिवास पुग्नुभएको छ । एमाले अध्यक्ष ओली आज शितलनिवास पुगेर राष्ट्रपतिसँग भेटबार्ता गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शीतलनिवास जानुभएको हो । एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच करिब दुई घन्टा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।

भेटमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सफलता, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको बताइएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ । एमाले अध्यक्ष ओलीले महत्वपुर्ण निर्णय लिँदा राष्ट्रपति भण्डारीसँग बिशेष छलफल गर्ने गर्नुभएको छ । सदैव सही सुझाव दिने भएको कारण निर्णय गर्दा ओलीले उहाँको परामर्शलाई प्राथमिकतामा राख्ने गर्नुभएको छ ।