जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार २२:४८

प्रवासी नेपाली एकता मञ्च डेनमार्कको संयोजकमा गौतम


डेनमार्क, साउन २७

प्रवासी नेपाली एकता मञ्च डेनमार्कको संयोजकमा उदय गौतम चयन हुनु भएको छ । पूर्व प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशील मंच डेनमार्कको आइतबार कोपनहेगनमा आयोजित संयुक्त कार्यकर्ता भेलाले गौतमलाई संयोजक र कृष्ण पौडेललाई सहसंयोजकमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रवासी नेपाली एकता मन्च डेनमार्कले नेतृत्व चयनको लागि केन्द्रमा सिफारिस पठाएपनि लामो समयसम्म निर्णय नआएपछि भेलाले सयोजक र सहसंयोजक छनौट गरेको जानकारी दिएको छ । भेलाले संगठनको सम्पर्क, समन्वय, संयोजन तथा नेतृत्व प्रदान गर्नको निम्ति सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । तत्कालिन नेपाली जनप्रगतिशील मंच डेनमार्कका सस्थापक अध्यक्ष समेत रहेका संयोजक गौतमले सबैले विश्वास गरेर जिम्मेवारी दिएकोले त्यसलाई सो जिम्मेवारीलाई टुट्न नदिने बताउनु भयो ।

उहाले सबैको साथ सहयोग लिएर संगठनलाई अगाडी बढाउने बताउने समेत उल्लेख गर्नुभयो । ‘संस्था एकिकरण भए पनि नेतृत्वको टुङ्गो लाग्न धेरै समय लाग्दा केही असहजता थियो, अब मिलाएर अगाडी बढिने छ’, संयोजक गौतमको भनाई छ । त्यस्तै सहसंयोजक पौडेल प्रवासी नेपाली मंच डेनमार्कका पूर्व अध्यक्ष हुनुहुन्छ । सहसंयोजक पौडेलले संस्थाका सबै साथीहरुलाई विश्वासमा लिएर सस्थालाई सक्रिय बनाउँदै अगाडि बढाउने घोषणा गर्नुभयो ।