काठमाडौं, २१ पुस । जुम्लाको तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसो अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जुम्लाबाट नाग्मा जाँदै गरेको क १ स ११ नम्बरको अटो तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पुरनको घटनास्थलमै ज्यान गएको र आकाशको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको हो ।













प्रतिक्रिया दिनुहोस्