जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १६:५७

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु


सप्तरी २२ पुस । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका–४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिनुभयो ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।