काठमाडौं, २३ पुस । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको तर, सरकारमा सहभागि हुने विषयमा अलमलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) पनि अब सरकारमा जाने भएका छन् । न्यूनमत साझा कार्यक्रममा सहमति जुटेसँगै राप्रपा र जसपा सरकारमा जाने भएका हुन् । कार्यदलमा रहेका राप्रपा महामन्त्री धवलसम्शेर राणा भन्नुहुन्छ, ‘न्युनतम साझा कार्यक्रममा करिब÷करिब सहमति जुट्यो । अब हामी सरकारमा जान्छौं ।’
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमतिमै न्युनतम साझा कार्यक्रम तयार हुनु सकारात्मक भएको बताउँनुहुन्छ । कार्यदलको मस्यौदा आफूले अध्ययन गर्न बाँकी रहेको बताउँदै उहाँले जसपा सरकारमा भने जाने प्रष्ट पार्नुभयो । कांग्रेस नेतृत्वमा नयाँ समीकरण बन्ने सम्भावना सकियो कि कि अझै बाँकी छ’ भन्ने प्रश्नमा जसपा अध्यक्ष यादवले भन्नुभयो, ‘अब त्यस्तो सम्भावना छैन ।’













प्रतिक्रिया दिनुहोस्