जनता टाइम्स

२३ पुष २०७९, शनिबार १४:०८

हतारिएर माओवादी केन्द्रसँग एकता गर्दै बाबुराम


काठमाडौं, २३ पुस । माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ । दुवै पार्टीलाई मिलाउन प्रचण्डभन्दा बबाबुरा हतारिएको श्रोतले बताएको छ ।

छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ । दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो। नेता श्रेष्ठले भने– ‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो ।

मंसिर ४ मा भएको संघीय निर्वाचनमा बाबुराम नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिन्ह लिएर लेडेकामा एक सिटबाहेक जित्न सकेन । एक स्थानमा जितेका सो पार्टीका महेन्द्रकुमार राय यादव एक्ला सांसद हुनुहुन्छ । माओवादी केन्द्रकै चुनावचिन्ह गोलाकार भित्रको हसिया हथौडा बाट निर्वाचित हुनुभएका यादव कानुनीरूपमा माओवादी केन्द्रकै संसदीय दलको सदस्य हुनुभए पनि उहाँले बेग्लै दलको कार्यालयका लागि संसद सचिवालयमा माग गर्नु भएको छ ।

एको एक सांसद पद पनि आफ्नो पकडमा नरहने देखेपछि डा.भट्टराईले हतारिएर पार्टी एकता गर्न खोज्नु भएको श्रोतले बताएको छ । शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताउनु भएको छ।

पार्टी एकता गर्न हतारिनु भएका डा. भट्टराईले माओवार्दी केन्द्रमा आफ्नो स्ूथान के हुने ? भन्ने पनि निश्चित नगर्नु भएको बताइन्छ । एकतापछि नै उहाँको कुन स्थान हुने भन्ने टुंगो लाग्ने नेता श्रेष्ठ बताउनुहुन्छ । दुई पार्टीको एकता भए पनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले थप शक्ति भने आर्जन गर्न सक्ने छैन, किनभने सांसद महेन्द्र पनि माओवादीको ३२ सां.सद भित्रै पर्दछन् ।