काठमाडौं, २४ पुस । सत्तारुढ गठबन्धनमा प्रदेश १ को भागबण्डा टुंगिएको छ । भागबण्डाअनुसार एमालेलाई मुख्यमन्त्री पद र माओवादीलाई सभामुख पद प्राप्त हुने भएको छ ।
शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आजै साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँनुहुन्छ ।
प्रदेश –१ का प्रदेश प्रमुख पर्शुराम खापुङले ७ दिनको समय राखेर मुख्यमन्त्रीमा दाव िपेश गर्ने समय आजै साँझ ५ वजे सकिदैछ । त्यसकारण एमालेका तर्फबाट मुख्यमन्त्रीमा हिक्मत कार्कीले दावी पेश गरेर आजै मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको छ । सभामुख पाएको माओवादीले भने कसलाइृ बनाउने भन्ने निक्र्यौल गरि नसकेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्