धुलिखेल, २५ पुस । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले एमाले रक्तबिजजस्तै भएको बताउनुभएको छ । एमालेद्वारा धुलिखेलमा आयोजित ‘जनसंगठन सुदृढिकरण कार्यशाला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘केही मान्छे निश्केर एमाले सिध्यायौ, टुक्र्यायौं भनेर कुप्रचार गरे तर, निर्वाचनमा एमालेले ल्याएको मतले रक्तबिजजस्तो भएको प्रमाणित भयो ।’
एमालेलाई सिध्यायौं भन्नेहरू आफै सकिए तर, एमालेको पक्षमा आएको जन समर्थनले उनीहरूको कुप्रचार मिथ्या सावित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो जरासन्धजस्तो टुक्रा पार्यौं अब सकियो भन्या फेरि जोडिन्छ उस्तै हुन्छ ।’ अध्यक्ष ओलीले आम जनता भनेका कम बुझ्छन् धेरै कुरा गरेर देखाउँछन् । आम जनतासंग कितावी ज्ञानभन्दा ब्यवहारिक ज्ञान धेरै हुने बताउनुभयो ।
निर्वाचनमा धेरै विद्वानहरू ढलेको बताउँदै भन्नुभयो ‘जनताको ब्यवहारिक ज्ञानका अघि उनीहरूको विद्वता काम लागेन ।’ उहाँले भन्नुभयो ‘निर्वाचनपछि परामादेशी सरकारलाई पराजित गरेर नयाँ जनादेशले देशलाई नयाँ ढंगले अगाडि वडाउछौं । हामीले गठबन्धनलाई पराजित गर्छौ भनेका थियौं, निर्वाचनपछि हामीले सफलता पाएका छौं ।’ जसरी बलजफ्ती ढंगले, अलोकतान्त्रिक ढंगले, असंसदीय ढंगले, असंवैधानिक ढंगले राष्ट्रिय राजनीतिलाई गलत ट्र्याकतिर, गलत बाटोतिर लगिराखिएको थियो । त्यो धेरै दिन रहनसक्ने थिएन, त्यही भयो ।
अब हामी कसरी अगाडी बढ्ने हो त यो उपलब्धी भनेको के हो त ? यो उपलब्धीको कसरी रक्षा गर्छौ ? अहिलेको महत्वपूर्ण विषय भनेको यही हो । हामी कहाँ नेर छौं र अब केगर्छौ ? हामीले जनादेशको सही ब्याख्या, सही विश्लेषण गर्नु पर्ने उहाँको कथन थियो । यद्यपी अहिलेको जनादेश सही निष्कर्षमा पुग्न सकेन किनभने अनेक प्रकारका शक्तिहरूको भयानक षडयन्त्र अन्योल, भ्रम सिर्जना गर्ने प्रयास, कुप्रचारको बाढीकाबीच एमाले पहिलो बनेको बताउनुभयो ।
दुई दिने सो कार्यशाला आज साँझ सकिएको छ ।













प्रतिक्रिया दिनुहोस्