जनता टाइम्स

२६ पुष २०७९, मंगलवार १४:१५

प्रधानमन्त्रीले बिश्वासको मत लिने प्रतिनिधिसभा बैठक जारी (लाइभ)


काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बिश्वासको मत लिन लाग्नुभएको प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूचीमा छलफल भइरहेको छ ।

सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।

२७४ सांसदमध्ये प्रचण्डले २७२ सांसदले विश्वासको मत पाउने देखिएको छ ।