जनता टाइम्स

२७ पुष २०७९, बुधबार १३:५६

आज पनि घट्यो सुनको भाउ, चाँदीको मूल्य भने स्थिर


काठमाडौं, २७ पुस । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि घटेको छ । मंगलबार चार सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।