काठमाडौं, पुस २७ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले महाधिवेशनको मिति तोकेको छ ।
अध्यक्ष सुनिता बरालको अध्यक्षता र इञ्चार्ज माधव ढुंगेलको प्रमुख आतिथ्यतामा आज काठमाडौंमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले चैत मसान्तभित्र महाधिवेशन सकिसक्नु पर्ने निर्णय गरेलगत्तै अखिलले आफ्नो महाधिवेशन मिति तोकेको हो । पदाधिकारी बैठकले फागुन २ देखि ४ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले माघ १५ गतेभित्र अधिवेशन सम्पन्न हुन बाँकी सवै तहको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्