जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १२:४४

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित


बिराटनगर, पुस २९ । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित हुनुभएको छ । गौतमको एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । गौतम ओखलढुंगा प्रदेशसभा ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हुनुहुन्छ ।

कांग्रेसले मनोनयन दर्ता नगरेको यस प्रदेशमा सत्तागठबन्धनबाट गौतमको एकल उम्मेदवारी परेको थियो । आजै दिउँसो १ बजे गौतमले शपथ लिनेछन ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।