जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १३:३६

मधेस प्रदेशमा तीन पार्टीको सरकार, मुख्यमन्त्री यादवले लिए सपथ


जनकपुर, २९ पुस । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिनुभएको छ ।

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तत्कालका लागि तीनै जना बिना बिभागिय मन्त्री बन्नुभएको हो । मुख्यमन्त्री यादवका अनुसार उहाँहरुलाई पछि जिम्मेवारी तोकिनेछ ।