जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १९:११

काठमाडौंका मेयर बालेन शाहलाई सुरक्षा खतरा, सरकारसँग मागे पिएसओ


काठमाडौं, पुस २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै मेयर शाहले सुरक्षाकर्मी माग गर्नुभएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मेयर शाहले पिएसओ माग गर्दै निवेदन दिनुभएको स्वीकार गर्नुभयो ।

‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले भन्नुभयो ।

महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन । महानगरको सुरक्षाकर्मी हुँदाहुँदै मेयर शाहले सरकारसँग सुरक्षा माग्नुभएको हो । प्रशासनले उहाँमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउन सक्नेछ ।