पोखरा, पुस ३० । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित हुनुभएको हो ।
प्रदेशसभामा आज भएको मतदानमा धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याउनु भयो । प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी हुनुहुन्थ्यो । उहाँलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिनुभएको छ ।
बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गर्नुभएको थियो एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गर्नुभएको थियो । भिमसेन गाउँपालिका २ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्