जनता टाइम्स

१ माघ २०७९, आईतवार ११:२४

पोखराको मितेरी पुलमा यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त


पोखरा, माघ १ । यति एयरलाईन्सको विमान आज पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको हो ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन । अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ ।

अहिले प्लेनमा एकदम ठूलो आगलागी भएको छ । पोखराको वडा नं ७ र १५ को बीचमा रहेको मितेरी पुलमा बिमान दुर्घटनाग्रस्त भएको हो ।