जनता टाइम्स

१ माघ २०७९, आईतवार ११:४७

पोखरामा दुर्घटनाग्रस्त यती एयरको जहाजमा सवार थिए चालक दलका सदस्यसहित ७२ यात्रु


काठमाडौं, माघ १ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको सो एअरलाइन्सले जनाएको छ । चालक दलका चार सदस्यसहित बिमानमा कूल ७२ जना रहेको प्रहरीले जनाएको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

विमान दुर्घटना भएको ठाउँमा करिव १० मिनेटपछि आगोको मुस्लो उठेको थियो । अहिले आगो निभाउने काम सकिएको प्रत्यक्षदर्सीले बताएका छन । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो नियन्त्रणमा लिने प्रयाश जारी रहेको छ ।

अहिले उद्धारको काम भइरहेको पोखराबाट प्रकाशित अनलाईन गन्थन डटकमले जनाएको छ ।