काठमाडौं, माघ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यति एअरलाइन्सको बिमान दुर्घटनाले अत्यन्त दुःखी बनेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा राख्दै बिमान दुर्घटनामा परेको खवरले अत्यन्त दुःखी भएको बताउनु भएको छ ।
‘ काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्