जनता टाइम्स

१ माघ २०७९, आईतवार १५:३१

प्रधानमन्त्री पोखरा जाने कार्यक्रम क्यान्सिल, बालुवाटारबाट फर्कियो हेलिकप्टर


काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा आएर क्यान्सिल भएको छ ।