पोखरा, माघ १ । पोखरा बिमानस्थलमा अवतरण गर्नुभन्दा केही मिनेट अघि आज बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौंबाट पोखराका लागि आइतबार बिहान साढे १० बजे उडेको यति एयरको जहाज १०.५३ बजे दुर्घटना भएको हो । जहाज पोखरा–१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसी अनुसार दुर्घटनास्थलबाट साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको छ । तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ । ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ । तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले क्रेनको प्रयोग गरेर समेत शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको एसपी केसीले बताउनु भयो । उहाँका अनुसार खोंचमा तीन जनाको शव देखिएको छ । तर निकाल्न सकिएको छैन । प्रहरीले बिमानमा रहेका अन्य तीन जनाको अवस्था भने अझै अज्ञात रहेको र उनीहरूको खोजी भइरहेको बताएको छ ।














प्रतिक्रिया दिनुहोस्