जनता टाइम्स

१ माघ २०७९, आईतवार १८:०३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटबार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। सरकारलाई पूर्णता दिने र राष्ट्रपति–सभामुखको बिषयमा दुई नेताबीच छलफल भएको हो ।

आजको भेटमा सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

त्यस्तै दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ। आजैको मन्त्रिपरिषदको आकष्मिक बैठकले दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।