भक्तपुर, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट आउनु भएको छ । सरकारलाई पूर्णता दिने बिषयमा थप छलफल गर्न प्रधानमन्त्री दाहाल ओली निवास बालकोट आउनु भएको हो ।
दुई शीर्ष नेताबीच सरकारलाई पूर्णता दिने बिषयसँगै शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ ।
पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले अझै सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । आजको छलफल यसै बिषयमा केन्द्रित रहेको छ ।














प्रतिक्रिया दिनुहोस्