काठमाडौं, माघ २ । उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलले सत्ता साझेदार दल एक ठाउँमा नै रहेको प्रष्ट पार्नुभएको छ ।
उपप्रधानमन्त्री पौडेलले नेपाली कांग्रेसले बिश्वासको मत दिएर आशंका पैदा गर्न खोजे पनि सत्ता गठबन्धन एक ठाउँमा रहेको प्रष्ट पार्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा पौडेलले भने गठबन्धनमा कुनै आशंका वा समस्या नभएको बताउनु भयो ।
‘मंगलवार विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ,’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रपति र सभामुखको बिषयमा मंगलवारको बैठकमा कांग्रेससँग पनि सल्लाह गर्ने बताउनु भएको थियो । सो बिषयमा पौडेलले सत्तारुढ दलहरु एकै ठाउँमा रहने बताउनु भयो ।
‘सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ,’ पौडेलको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्