जनता टाइम्स

२ माघ २०७९, सोमबार १७:५६

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यस्तो छ मन्त्रालय बाँडफाँटको गृहकार्य


काठमाडौं, माघ २ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भएको सहमतिलगत्तै सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको हो ।

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो । छलफलमा भएको समझदारीलाई सत्तारुढ दलहरुको वैठकबाट निर्णय लिइने छ ।