पोखरा, माघ २ । यति एअरलाइन्सको बिमान दुर्घटनामा परी आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै शव व्यवस्थापन तथा परीक्षणको प्रक्रिया भएको जनाकारी गराएपनि मृतका आफ्न्तले पहिचान भएका शवलाई दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।
उनीहरूले संघ सरकारलाई देखाउँदै शव हस्तान्तरणमा ढिलाइ गरेको भन्दै आक्रोशित बनेका हुन् । शव लिन सोमबार बिहान ९ बजे बोलाएपनि अझै बिभिन्न बाहानमा शव नदिएको भन्दै नाराबाजीमा उत्रिएका हुन् ।
एक आफन्तले भन्दै थिए, ‘९ बजे भनेका अहिले कति बज्यो। दुःखमाथि दुःख दिने ? पिडामाथि पीडा थपिएको छ । कोही प्रेसरको औंषधी खान्छ । कसैलाई यतातिर ध्यान गएको छ ।’
हालसम्म ६८ वटा शव प्रतिष्ठानमा आइपुगेको सूचनामा उल्लेख छ । पहिचान खुलेको नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमश आफन्तको जिम्मा लगाइने प्रतिष्ठानले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्