काठमाडौं, माघ २ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार ५ बजेदेखि करीव ५ घण्टासम्म भएको छलफलपछि सहमति भएको हो ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले आ आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएको छ ।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भन्नुभयो, ‘यहाँ भएको सहमतिबारे आ आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।’
सल्लाहमा कुनै मन्त्रालय हेरफेर भएपनि सपथ भने १ बजेका लागि तय भएको उहाँले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्