जनता टाइम्स

२ माघ २०७९, सोमबार २२:४३

कांग्रेसको झेल काम लागेन : राष्ट्रपति र सभामुख एमालेलाई


काठमाडौं, माघ २ । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो । गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने निर्णय गरेको हो ।

उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा पनि टुंगिएको छ । कांग्रेसले बिश्वासको मत दिएर गठबन्धन भाँडन खोजे पनि कामयावी भने हुन सकेन ।