काठमाडौं, माघ ३ । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले मन्त्रालय बाँडफाँटको काम टुंग्याएको हो ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । अहिले माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । माओवादीबाट अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन ।
त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ । एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसहित ४ मन्त्री छन ।
यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो ।
राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि तीन मन्त्रालय पाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने हुनुभएको छ भने साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ ।
जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि सहमत भएको छैन । जसपाले ३ मन्त्रालय मागेको छ । यस्तै जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ ।














प्रतिक्रिया दिनुहोस्