जनता टाइम्स

३ माघ २०७९, मंगलवार ११:१४

राप्रपाले छान्यो तीन मन्त्री, प्रधानलाई कानून, पाण्डेलाई सहरी विकास


काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रालयसहित मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा बनेको सरकारमा राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । लिङदेनले उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्रालय सम्हाल्नु हुनेछ ।

यस्तै सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानून मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम तय भएको छ । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित नेता हुन ।