जनता टाइम्स

३ माघ २०७९, मंगलवार १२:३२

सुदूरपश्चिमले तेस्रो पटकमा पायो सभामुख, माओवादीका भण्डारी निर्वाचित


 

धनगढी, माघ ३ । नेकपा माओवादी केन्द्रका सांसद भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा २९ मतसहित भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाउनु भएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटकसम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा सभामुख पाएको हो ।