जनता टाइम्स

३ माघ २०७९, मंगलवार १७:३९

दूतावासमा आउने नेपालीले आफ्नो घरजस्तो अनुभुति दिलाउने काममा लाग्ने परराष्ट्रमन्त्री पौडेलको अठोट


काठमाडौं, माघ ३ । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले आफ्ना तीन प्राथमिकता सुनाउनु भएको छ । परराष्ट्र मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गदै पौडेलले उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । ‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ,’ मन्त्री पौडेलले भन्नुभयो ।

दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने उहाँले बताउनु भयो । नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने मन्त्री पौडेलको भनाई छ । मन्त्री पौडेलले तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने रहेको बताउनु भयो ।

‘नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ । हाम्रो दूतावावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु,’ मन्त्री पौडेलले भन्नुभयो ।