काठमाडौं, माघ ३ । महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिनुभएको छ ।
मन्त्रालयमा पदबहालीको क्रममा मन्त्री चौधरीले एक महिनाभित्र राष्ट्रिय जेष्ठ नागरिक नीतिलाई अन्तिम रुप दिने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री चौधरीले राष्ट्रिय जेष्ठ नागरिक नीतिलाई अन्तिम रुप दिन मन्त्रालयका सचिव डिल्लीराम शर्माको संयोजकत्वमा समिति गठन गर्नुभएको हो ।
जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई सामाजिक र धार्मिक बिकासका कार्यमा उपयोग गर्ने गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउने उदेश्यले तयार पारिएको राष्ट्रिय जेष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको हो ।
मन्त्री चौधरीले मन्त्रालयको कार्यक्षेत्र ब्यापक रहेकोले सवैको हितमा हरसंभव काम गर्ने र सुशासन कायमतर्फ बिशेष ध्यान दिने पनि बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्