काठमाडौं, माघ ४ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङले जनताले निर्वाचनमार्फत निषेधको राजनीति अन्त्य गर्ने सन्देश दिएको बताउनु भएको छ ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले यस्तो बताउनु भएको हो । ‘जनताले सबैलाई मिलेर काम गर्नको लागि सन्देश दिएका छन् । त्यही प्रक्रियाअनुसार हामी प्रतिनिधिसभाको नेता चयन गर्दैछौं,’ नेम्वाङले भन्नुभयो ।
उहाँले प्रतिनिधिसभामा जवाफदेहिता र पारदर्शीतालाई ख्यान गर्नुपर्ने बताएउनु भयो । अहिलेको चुनौतीलाई अवसरमा प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सभामुखले सबै सांसदलाई एकजुट बनाएर संसदलाई अगाडि बढाउनुपर्ने भन्दै त्यो काम देवराज घिमिरेबाट संभव रहेको पन बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्