जनता टाइम्स

५ माघ २०७९, बिहीबार १५:१५

भारी मतसहित देवराज घिमिरे सभामुखमा निर्वाचित


काठमाडौं, माघ ५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सांसद देवराज घिमिरे भारी मतसहित सभामुखमा निर्वाचित हुनुभएको छ ।प्रतिनिधिसभामा आज भएको मतदानमा सत्तारुढ गठबन्धनका उम्मेदवार घिमिरे भारी मतका साथ निर्वाचित हुनुभएको हो ।

प्रतिनिधिसभामा आज भएको मतदानमा कुल खसेको २६८ मतमध्ये १६७ घिमिरेले मत पाउनु भएको छ । बिपक्षमा १०० मत परेको छ । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ ।

घिमिरेलाई सत्तारुढ गठबन्धनमा आवद्ध दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरुले मतदान गरेका छन ।

झापा २ बाट निर्वाचित घिमिरे बौद्धिक, सालिन र सवैलाई मिलाएर लैजानसक्ने समन्वयकारी नेता हुनुुहुन्छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएकी नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले १०० मत पाउनु भएको छ ।