जनता टाइम्स

५ माघ २०७९, बिहीबार १५:५६

एमाले अध्यक्ष ओलीले दिए राजेन्द्र भण्डारी नेतृत्वको उम्मेदवारलाई बैदेशिक रोजगार संघमा जीतको शुभकामना


काठमाडौं, माघ ५ । नेकपा एमालेका अध्यक्ष एवं सत्ता गठबन्धन समन्वय संयन्त्रका प्रमुख केपी शर्मा ओलीले नेपाल बैदेशिक रोजगार संघमा राजेन्द्र भण्डारी नेतृत्वको टीमलाई बिजयको शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले आज आफ्नो निवासमै संघमा उम्मेदवार बनेका बैदेशिक रोजगार ब्यवसायीहरुलाई बोलाएर जीतको शुभकामना दिनुभएको हो । संघको निर्वाचनमा सो समुहले संघको निर्वाचनमा राजेन्द्र भण्डारीलाई अध्यक्षमा उम्मेदवार हुनुहुन्छ ।

यस्तै प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घलेलाई उम्मेदवार बनाएको छ ।

यस्तै सदस्यहरुमा मञ्चबाट बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा ), शिबहरि मैनाली (सितल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतोले उम्मेदवार हुनुहुन्छ । आफ्नो उम्मेदवारले जितेमा संघको भवन निर्माणदेखि बैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र ब्यवसायी र कामदारमैत्री कानून बनाउने अठोट पनि गरिएको छ ।

शुक्रवार हुन लागेको संघको निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष रहनुभएको प्रगतिशील–ब्यवसायीक समुह सवैभन्दा बलियो मानिएको छ । बैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउने अठोटसहित राजेन्द्र भण्डारी अध्यक्ष रहेको प्रगतिशील व्यवसायिक समुहले ४६ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरिसकेको छ ।

भण्डारीको नेतृत्वमा चुनावमा होमिएको सो समुहले समुन्नत राष्ट्र निर्माणको आधार, “सुरक्षित व्यवस्थित र मर्यादित” वैदेशिक रोजगार भन्ने मुल नारासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।