काठमाडौं, ६ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य स्थिर रहेको थियो । सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो ।
तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा किनमेल भइरहेको छ ।
यसअघि बिहीबार तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।














प्रतिक्रिया दिनुहोस्