जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १२:४३

सभामुख देवराज घिमिरेले लिए शपथ (फोटोफिचर)


काठमाडौं, ६ माघ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित हुनुभएको हो । शपथ ग्रहणपछि उहाँ लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्युसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।