काठमाडौं, ६ पुस । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताउनुभएको छ ।
पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहनुभएका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताउनुभएको हो ।
प्रचण्ड सरकारले छिमेकसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिनुभएका ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताउनुभयो ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने बताउनुभएका उहाँले छिमेकी मुलुकको चासो र चिन्तालाई नेपालले सम्बोधन गर्नुपर्ने बताउनुभयो । साथै देशको सार्वभौमसत्ता र स्वाधिनतामा नेपालले सम्झौता नगर्ने अध्यक्ष ओलीको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्