जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १९:५०

सरकारले तोक्यो प्रधानन्यायाधीशसहित न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान, कस्को कति ? (सूचीसहित)


काठमाडौं, माघ ६ । सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित संबैधानिक निकायका विभिन्न पदाधिकारीको नयाँ तलबमान कायम गरेको छ ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्याधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ताको नयाँ तलमबमान कायम गरिएको जानकारी गराएको हो ।

यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पनि नयाँ तलबमान कायम गरिएको छ । नयाँ तलबमान अनुसार सबैभन्दा बढी सर्वोच्च अदालतका प्रधान न्यायाधीशको मासिक तलव १ लाख २ हजार २९३ रहेको छ भने न्यायाधीशको ८५ हजार ४३ रहेको छ ।

यस्तै  उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७ मासिक तलब रहेको छ भने न्यायाधीशको ७६ हजार ४८३ रहेको छ । जिल्ला अदालतका न्यायाधीशको ६४ हजार ८९४ रहेको छ । यसैगरी महान्याधिवक्ताको मासिक तलब ८५ हजार ४३ कायम भएको छ । नयाँ तलवमानअनुसार न्याय परिषद्का सदस्यको सर्वोच्च अदालतका न्यायाधीश सरहको तलब ८५ हजार ४३, राष्ट्रिय योजना आयोकका उपाध्यक्षको ७९ हजार ३८५, सदस्यको ७७ हजार ६६० तोकिएको छ ।

 

संवैधानिक निकायका प्रमुख पदाधिकारीको ८० हजार ७०७, पदाधिकारकिो ७६ हजार ३८३ तोकिएको छ । संघीय संसदका महासचिवको ७७ हजार २११ र सचिवको ७२ हजार ८२ उल्लेख छ । यस्तै राष्ट्रिय सूचनाआयोकगा प्रमुख सूचना आयुक्तको ८० हजार ७०७ र सूचना आयुक्तको भने ७८ हजार ३८३ तोकिएको छ ।