जनता टाइम्स

७ माघ २०७९, शनिबार १३:३३

उपसभामुख निर्वाचनअघि ओली निवास बाल्कोटमा उपेन्द्र यादव, यस्तो छ छलफलको निचोड


काठमाडौं, माघ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटबार्ता भएको छ । उपसभामुखको निर्वाचन सुरु हुनुअघि एमाले अध्यक्ष ओलीसँग भेटका लागि यादव बाल्कोटस्थित निवास पुग्नुभएको हो ।

एमाले अध्यक्ष ओलीकै पहलकदमीमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेपनि अहिलेसम्म सरकारमा सहभागी नभएको जसपालाई सरकारमा सामेल गराउन ओलीले पहलकदमी गरिरहनु भएको छ ।

सोही कारण यादव उहाँसँग भेटन बालकोट पुग्नुभएको हो । दुई नेताबीचको भेटमा उपसभामुखको निर्वाचन, राष्ट्रपति निर्वाचन र जसपालाई सम्मानजनक रुपमा सरकारमा सहभागी हुने बातावरण निर्माणको बिषयमा छलफल भएको बताइएको छ ।

बर्तमान सत्ता गठबन्धन निर्माण गर्दा राष्ट्रपति र सभामुख एमाले तथा उपराष्ट्रपति नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति भइसकेको छ । जसपाले पनि उपराष्ट्रपति मागेपछि सत्ता गठबन्धनमा सहमति जुटन सकेको छैन । एमाले अध्यक्ष ओलीले मुलुकको बिशिष्ट परिस्थितिमा बर्तमान सरकार बनेको कारण सरकारमा सहभागी हुन सुझाउनु भएको छ ।