काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताउनु भएको छ ।
आइतबार बिहानबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा कोइरालाले पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफूहरुले मत दिनुहुन्न भनेपनि बहुमतले पारित भएको बताउनु भएको हो ।
‘‘हामीले कार्यसम्पादन समितिको बैठकमा प्रचण्डलाई विश्वासको मत दिनुहुन्न। कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्यो तर बहुमतले निर्णय गरेपछि बाध्य भएर विश्वासको मत दिनुर्यो,’ बैठकमा कोइरालाको भनाई उधृत गर्दै सहभागी एक नेताले भन्नुभयो ।
कोइरालाले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएपनि अब त्यो पद कांग्रेसबाट फुत्किएको बताउनु भयो । ‘प्रचण्ड कांग्रेसप्रति सकरात्मक रहेपनि सत्ता साझेदार दलहरु कांग्रेसप्रति सकरात्मक छैनन। तसर्थ राष्ट्रपति कांग्रेसलाई दिने विषय अब प्रचण्डको हातमा छैन। हामीले प्रचण्डलाई विश्वासको मत दिएको कुनै अर्थ रहेन।’
कोइरालाले अब प्रचण्डलाई विश्वासको मत दिएको विषयमा कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गरिने बताए। १५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा के एजेण्डा लैजाने भन्ने विषय र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको। बैठकमा सहभागीहरुले सामूहिक धारणा बनाएर अगाडि बढ्न सुझाव दिएका छन्।












प्रतिक्रिया दिनुहोस्