दाङ माघ ८ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्छौं । सत्ता साझेदार दलका बीचमा भएको पूर्वसहमतिअनुसार नै एमालेले अगाडि सारेको राष्ट्रपतिको उम्मेदवारमै राष्ट्रिय सहमति जुटाउँछौं ।’ नेपाली कांग्रेसलाई राष्ट्रपति दिने तयारी भइरहेको छ नि?भन्ने सञ्चारकर्मीको जवाफमा नेता गुरुङले सत्तारूढ दलकाबीचमा फाटो ल्याउनचलाइएको हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।
‘सत्ता साझेदार दलबीचमा फाटो ल्याउन विभिन्न खालका हल्ला चलाइएका छन् । यो हल्लाका पछाडि नलाग्न म सबैलाई आग्रह गर्दछु । एमाले भन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’ नेता गुरुङले भन्नुभयो, ‘कांग्रेसको खेल केहीदिनमाआफैँ सकिन्छ भ्रममानपरौं ।’राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयको पार्टीले टुंगो लगाउने उहाँको भनाइ छ ।
राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बढाएको चर्चा बताउँदै नेता गुरुङले भन्नुभयो, ‘अघिल्लो सेरेमोनियल राष्ट्रपति भन्थे । काम छैन भन्ने जस्तो कुरा चल्थ्यो । अहिले राष्ट्रपतिको पदलाई लिएर धेरै चर्चा र गरिमाको कुराहरू हुनथाल्यो । राष्ट्रपतिको गरिमा बढाउने काम विद्यादेवी भण्डारीले गर्नुभयो । त्यसैले गर्दा राष्ट्रपति को बन्ने भन्ने विषयले प्राथमिकता पायो ।’
मुलुकलाई अस्थिरताबाट बचाउन एमाले सरकारमा सहभागी भएको भन्दै गुरुङले वर्तमान सरकारबाट चौतर्फि आशाको सञ्चार भएको बताउनुभयो । एमालेले गठबन्धन भत्कायो भन्ने हल्ला गलत रहेको भन्दै गुरुङले कांग्रेसका कारण गठबन्धन भत्किएको बताउनु भयो । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको अस्थिरताको अन्त्य हुन्छ । पाँच दलीय गठबन्धन एमालेले भत्कायो भन्ने चलाइएको छ । यो गलत हो । गठबन्धन कांग्रेसका कारण भत्किएको हो । शेरबहादुर देउवाका कारण भत्किएको हो । नयाँ सरकार बनेदेखि मुलुकले सही दिशा पाउन थाल्यो ।’
गठबन्धनमुक्त देशब नाएर मुलुक बचाउने काममा एमाले सक्रियभएको बताउँदै गुरुङले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन मुलुकको हीतमा छैन भन्ने एमाले बुझाइले सार्थकता पाएको छ । सरकारमा गठबन्धनको नेतृत्व रहँदा धरासायी भएको अर्थतन्त्रमा आशा पलाएको छ । शेयर बजारमा बृद्धि भएको छ । जनतामा खुसीको सञ्चार भएको छ । ।’
मुलुक कमजोर हुँदा विदेशी शक्ति चलमलाउने दाबी गर्दै नेता गुरुङले बलियो राष्ट्रिय शक्ति निर्माणको पक्षमा एमाले रहेको बताउनुभयो । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्ताले गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्