जनता टाइम्स

८ माघ २०७९, आईतवार १८:०६

राष्ट्रपतिमा देउपाको च्याँखे दाउ


इस्ट इण्डियाको नेपाल जस्ता मुलुकलाई अधीनस्थ राष्ट्रका रुपमा हेर्ने विचार विरासद्लाई हुबहु स्वीकार गरेको भारतीय शाषक को गिद्धे दृष्टि अझै बरकरार रहेको छ । नेपालको संविधान भारतले अस्वीकार गर्नुको एउटै राज र रहस्य नेपाल अस्थिरताको दलदलमा परोस् असफल राष्ट्र बनोस् भन्ने कुनियत हो । यस काममा नेपाली विभीषणहरु लागिपरेको स्पष्ट हुन्छ । त्यसैले प्रतिपक्षीय भूमिका त्यागेर देउपा काङग्रेसले भावी राष्ट्रपतिमा र्याल काड्नुका पछाडि देशप्रति गम्भीर षडयन्त्रको खतरा देखिन्छ । यस्ता कुरामा कुनै पनि देशभक्त पार्टी सहमत हुनसक्तैन

प्रा.डा.बद्रीविशाल पोखरेल

राजनीति पनि एउटा खेल मात्र होइन महाखेल हो । या खेल खेलाडीका आधारमा स्वस्थ्य र अस्वस्थ्य दुबै हुन्छ । खेलाडी स्वच्छ प्रतिस्पर्धामा विश्वस्त छ भने उसले त्यही अनुसार खेल्छ तर जब प्रतिद्वन्दी खेलाडी झेली खेल खेल्छ भने बाध्यतावस पक्षले पनि खेलमा अलिअलि झेल मिसाउन बाध्य हुनुपर्छ । यत्तिखेर नेका सभापति बढ्तै जान्ने भएर वा झेली खेल खेल्दा आफ्नै पार्टीमा कमजोर र संसद्मा उभयलिङ्गी अवस्थामा देखिन्छन् ।

तैपनि करोडबाट रोडपति भएको जुवाडेझैँ मकैका गेडाको च्याँखे दाउ राखेर खेल्दै छन् । आफ्नै कारणले खालको खेलाडी भूमिकाबाट लज्जित रुपमा निष्काशित भए पनि उनी भावी राष्ट्रपतिका लागि च्याँखे दाउ थाप्दैछन् । च्याँखे दाउ थाप्न उक्साउनेहरुकै बलबुतामा देउपा यी सब कृत्य गरिरहेका छन् । जननेता मदन भण्डारीले भनेझैँ आवश्यक पर्दा जस्तालाई त्यस्तै गर्न माहिर एमाले अध्यक्ष ओलीसित मुकाबिला जसकसैलाई त्यति सजिलो छैन र हुँदैन । दुरदर्शी खेलाडीले अगाडि र पछाडि दुवैमा निक्कै दुरदृष्टि लगाएको हुन्छ । यस्तो नेतृत्व नेपाल जस्तो मुलुकमा पलपलमा हुनसक्ने र हुने षडयन्त्रका तानाबुना हेरेर मात्र फुकीफुकी पाइला चाल्छ । माओले भनेझैँ सयपटक नापेर मात्र कपडा काट भनेझैँ गर्नेहरु बहुत होसले चल्छन् । किन भने राजनीति जुवा मात्र पनि होइन ।

 

संसदीय अभ्यासको एक विशिष्ट सौन्दर्य विपरीत देउपा काङ्ग्रेसले प्रतिपक्षीय भूमिका परित्याग गर्नुको रहस्य प्रष्ट भइसकेको छ । एमाले अध्यक्ष के.पी. शर्मा ओली यस खालका कुट कलुषित दुर्भावनालाई पहिले नै आकलन गर्ने र बुझ्ने सामथ्र्य भएको नेता हुनुहुन्छ र त्यस्ता दुर्घटनाका सबै प्वाल टाल्ने क्षमताका कारण सबै चलखेल असफल हुने अवस्था देखिन्छ । माघ ४ गते अघि नै ओलीले चुनावी तालमेल गर्नुको गुह्य अर्थ जनता र राष्ट्रघात विरोधी पार्टी र शक्तिहरुलाई तह लगाउन नै थियो र हो । यसैको परिणाम देश सम्ंभावित गम्भीर दुर्घटनाबाट जोगाउने परिस्थिति अहिले बनेको हो ।

यसैले गर्दा सत्ता र सरकार सहभागी घटक दलहरुको बैठकले पहिले नै गरेको समझदारीमा पुनः अडिएका हुन् र विश्वासिलो राजनीति गर्ने सर्वंसम्मत निर्णय गरेका हुन् । देउपालाई अघि सारेर नै राष्ट्रपतिमा च्याँखे दाउको धराप थापिएको हो । वरिष्ठ शेखर कोइरालाले एक अन्तर्वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएको भए हुन्थ्यो भनिका कुराबाट पनि यो पुष्टि हुन्छ ।

बीपी काङ्ग्रेसको बाँकी बचेको विरासद् समाप्त पार्न उद्यत देउपाको अझै भर पर्ने हो भने पार्टीको अरु कन्तविजोग नै हुने देखिन्छ । देउपा आरजू राणा हुँदै आफ्नै सुपुत्रका हातमा पार्टीको लगाम सुम्पने गुप्तगु षडयन्त्रकारी सोच राखेको स्पष्ट हुन्छ । जब कुनै पनि योग्यता र क्षमताबिना परिवारवादको अतिसंकीर्ण घेरामा कैद हुन्छ, तब राष्ट्र र जनताको हितको विषय समाप्त नै हुन्छ । त्यसबेला पार्टी क्रमशः विलयतिर जान्छ । यस्तो हुन नदिनका पार्टी भित्रको जीवनशील तत्व सक्रिय र सशक्त हुनुपर्छ नत्र बिस तत्वको बढावाले पार्टीलाई विनष्ट पार्छ ।

पार्टीबाट आफूमाथि आइरहेका चौतर्फी संकट टार्ने, मोड्ने र बटार्ने उद्देश्य देउपाले राखेको देखिन्छ । देउपा पार्टीमा र सरकारमा पनि असफल सावित भएको नेतृत्व हो । राष्ट्रपतिका लागि च्याखे दाउ थापेर देउपा काङ्ग्रेस नेपाललाई थप अस्थिर,अन्यौल र अराजक बनाउन उद्यत भएको थाहा हुन्छ । राष्ट्रपति चयन गर्ने पद्धति भित्र प्रवेश गरेर बाह्य शक्तिले के कस्ता सम्म खेल खेल्छन् र खेल्न सक्छन् भन्ने बुझिएकै विषय हो । देशको स्वधीनता, अखण्डता र सार्र्वभौम सत्ता हडप्न उद्यत शक्तिले के कति सम्म लगानी र लगन गर्छन् भन्ने पनि नेताहरुले बुझ्नू जाती हुन्छ ।

देउपाले कसका लागि कसको हितका लागि राष्ट्रपतिमा पार्टीको दावा गरेको हो भन्ने बुझ्न निकट विगततिर नियाल्दा पनि स्पष्ट हुन्छ । देउपा काङ्ग्रेस देश र जनताका लागि सबै भन्दा भर नभएको देखिँदैछ । नेपाल र नेपालीको एकता अखण्डता र स्वाधीन अस्तित्वका लागि सक्रिय बीपी काङ्ग्रेसको अस्तित्व पार्टीमा पूरै ओझेल परेको वा पारिएको छ । यसले अस्तित्व रक्षाका लागि के कस्ता रचनात्मक अभियान चाल्छ त्यो हेर्न छ । बाह्यशक्तिका इसारामा सोझो रुपमा चल्दा के के नोक्सानी भयो र हुन्छ, त्यसबारे विश्लेषक पुरन्जन आचार्य सविस्तार उल्लेख गर्दै थिए ।

विगत मात्र होइन निकट विगतबाट पनि स्पष्ट हुन्छ । महाकाली नदीमा भारतीय सशस्त्र प्रहरीबलले तुइन खुस्काइदिएर मारिएका जयसिंह धामी प्रकरण, महाकालीकै आकासमा भारतीय सैनिक हेलिकेप्टरले चार चक्क लगाउँदा बोल्नै नसक्ने र मुख खोल्नै नसक्ने देउपा, महाकालीको सीमाको दसगजा मिचेर पक्की पर्खाल बनाएर नेपालतिर बाढी हुल्दा चुइक्क नबोल्ने देउपा, भारतीय आदेश र इसारामा विवादित नागरिकता विधेयक सदनबाट पारित गर्न उद्यत स्थिति, भारतले गरेको नेपाल माथि थोपरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने काङ्ग्रेस राष्ट्रपतिमा निर्वाचित हुँदा देशको हितमा संविधानतः केही गर्छ भन्ने कसैले पत्याउँदैन किमार्थ पत्याउँदैन ।

अझ त्यसमा पनि नेपालको असंलग्न पराराष्ट्र नीतिको सौन्दर्य ध्वस्त बनाएर नेपाललाई रण संग्राम मच्चाउन उद्यत देउपाद्वारा सिफारिस भएको राष्ट्रपति देश र जनताको हित विरुद्ध हुने निश्चित देखिन्छ । बाह्य शक्तिले नेपाललाई कहिले शीर्ष तहमा र कहिले भुईँ तहमा भुत्ल्याएर ध्वस्त बनाउने कुनियत स्पष्ट भइसकेको छ । अनिर्वाचित राष्ट्रप्रमुख भन्दा निर्वाचित राष्ट्रप्रमुखको उत्कट चाहना राख्छ बाह्य शक्तिले राखेको देखिन्छ । त्यसैले राष्ट्रपतिलाई रबर स्टाम्प बनाएर देशलाई भड्खालामा पु¥याउने कुनियत स्पष्ट भइसकेको छ । यस्ता विषयमा राप्र
पा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधान मन्त्री, स्वतन्त्र पार्टीका अध्यक्ष तथा वरिष्ठ पत्रकार रवि लामिछानेले देश र जनतालाई शीर्ष स्थानमा राखेर हेर्नु नै हुनेछ र प्राप्त अवसरलाई देश र जनताका हितमा काम गरेर राजनीतिको सबल जग निर्माण गर्नुु हुनेछ ।

नेपाल अहिले झन् संगीन संकटमा रहेको छ । कुनै पनि देशभक्त दल वा पार्टीको एकल बहुमत नभएका बेला नै बाह्य शक्तिलाई खेल्न अत्यन्त सहज हुन्छ । यस्तै संगीन संकट देखेर र मनन गरेर ओलीले चुनावी तालमेल गर्नु भएको हो । पार्टीका भुईँ तहका क्रोनिक बनेका समस्या अवगत नहुँदा कहिल्यै फेल नभएको ओलीको भविष्य प्रतिको आकलन अलपत्र परेको हो । तैपनि विभिन्न विचार धारा भए पनि देश र जनतालाई शीर्ष स्थानमा राख्ने पार्टीहरुसित कु्नै पनि खाले आग्रह बिना चुनावी चालमेल गरेको हो । यस्ता गुह्य गुप्तगु विषय कति नेताले बुझका छन् भन्न गाह्रो छ । किनकि अधिकांश उपल्ला तहका नेताका कुरा सुन्दा नै अचम्म र उदेक लाग्छ ।

नेपालको संविधान २०७२.लाई भारतले नोटिस मात्र गरेको छ तर अझै स्वीकार गरेको छैन । किन स्वीकार गरेन भन्दा भारत नेपाल स्थिर,एकताबद्ध तथा विकसित भएको हेर्नै चाहँदैन । जे जस्तो भए पनि संविधान तयार भयो र जारी गरियो यो एक उपलब्धि नै हो । किनकि संविधान विहीन अवस्थाले नेपालको के कस्तो दुर्दशा हुन्थ्यो भन्ने कल्पना पनि गर्न सकिन्न तर केही उपबुज्रुकहरु संविधान बारे तथानाम भनिरहेको देख्दा यस लेखकलाई भारी सरम हुन्छ । गुनासा र गनगन मात्र गर्ने स्तरका मानिसको काम त्यत्ति नै हो । बिभिन्न मिडियामा बौद्धिक र वैचारिक विलास गर्न जत्तिको सजिलो काम अरु केही नै हुन्न । यस्ता बतासे कुराका पछि सचेत र जिम्मेवार मानिस कोही पनि लाग्दैन ।

इस्ट इण्डियाको नेपाल जस्ता मुलुकलाई अधीनस्थ राष्ट्रका रुपमा हेर्ने विचार विरासद्लाई हुबहु स्वीकार गरेको भारतीय शाषक को गिद्धे दृष्टि अझै बरकरार रहेको छ । नेपालको संविधान भारतले अस्वीकार गर्नुको एउटै राज र रहस्य नेपाल अस्थिरताको दलदलमा परोस् असफल राष्ट्र बनोस् भन्ने कुनियत हो । यस काममा नेपाली विभीषणहरु लागिपरेको स्पष्ट हुन्छ । त्यसैले प्रतिपक्षीय भूमिका त्यागेर देउपा काङग्रेसले भावी राष्ट्रपतिमा र्याल काड्नुका पछाडि देशप्रति गम्भीर षडयन्त्रको खतरा देखिन्छ । यस्ता कुरामा कुनै पनि देशभक्त पार्टी सहमत हुनसक्तैन ।