जनता टाइम्स

९ माघ २०७९, सोमबार १२:१९

गण्डकीका मुख्यमन्त्री खगराजको बोल्ड निर्णय : घटाइयो ५ मन्त्रालय, आजै मन्त्रिपरिषद बिस्तारको तयारी


पोखरा, माघ ९ । गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि कांग्रेस नेतृत्वको सरकारले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ । मन्त्रालय टुंगिएसँगै अव मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तारको योजना अघि बढेको छ।