जनता टाइम्स

१० माघ २०७९, मंगलवार १४:३४

राष्ट्रपति हत्याउन कांग्रेसको राष्ट्रिय सहमतिको अलाप


काठमाडौं, १० माघ । नेपाली कांग्रेसले राष्ट्रपति पद हत्याउन राष्ट्रिय सहमतिको राग अलापेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका नेता रामचन्द्र पौडेलले यस्तो राग

अलाप्नुभएको हो । माओवादीसँग गठबन्धन टुटेपछि हारेको जुवाडेजस्तो भएको कांग्रेस अनेक तिकडम बुनेर भए पनि वर्तमान गठबन्धन टुटाउन प्रयत्नशिल छ ।

आफ्नो सरकार हुँदा राष्ट्रिय सहमति नचाहिने काँग्रेसलाई अहिले अनेक तर्क गर्दै राष्ट्रिय सहमतिको खाँचो भएको बताउन थालेको छ । कांग्रेसको राष्ट्रिय सहमतिको कुराको वहाना तर्क जे गरे पनि राष्ट्रपति पद आफ्नो पार्टीले पाउनु पर्छ भन्ने नै हो ।

माओवादीले नेकपा(माओवादी केन्द्र) ले प्रधानमन्त्री, नेकपा (एमाले)ले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएपछि सिट संख्यामा पहिलो दल कांग्रेसले राष्ट्रिपति पाए राष्ट्रिपति पाए राष्ट्रिय सहमति हुने भन्ने नै उसको राष्ट्रिय सहमतिको बटमलाइन हो ।

कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेलको नाम अघि सार्ने लगभग पक्का छ । त्यही भएर संसदमा राष्ट्रिय सहमतिको राग अलाप्न पनि उहाँलाई नै अघि सारिएको छ । मंगलबार संसदमा उहाँले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आह्वान गर्नुभयो । राष्ट्रिय सहमतिको आवश्यकता किन ? भन्ने कुरा प्रष्ट पार्दै नेता पौडेले तीन कारण बताउनुभयो ।

विशेषगरी देशको कमजोर आथिएक आर्थिक अवस्थालाई अन्त्य गर्न पहिलो कारण भनिएको छ । जबकी देशको यो अवस्था हुनुमा देउवा नेतृत्वको सरकारको अकमण्यता जिम्मेवार रहेको बताइन्छ । दोश्रो कारण भूराजनीतिक दबाबको सामना गर्न भनिएको छ । जबकी नेपालको नेपाली कांग्रेस नै यस्तो पार्टी हो जो जहिल्यै एकपक्षीय कूटनीति सञ्चालन गर्दै आएको छ ।

देउवा सरकारमा आउनासाथ उहाँले चीनसँग हुँदै नभएको सीमा विवाद झिक्नुभयो । प्रधानमन्त्रीको कक्षमा चुच्चे नक्सा हटाएर पहिलेकै नक्सा राख्न लगाउनुभयो । अहिले उहाँहरू नै भूराजनीतिक दवाव भन्दै हुनुहुन्छ भने सो दवाव कताबाट हो बुझ्न गाह्रो छैन ।

तेश्रो कारणमा शान्तिप्रक्रियालाई पूर्णता दिन भनिएको छ । यो तेश्रो तर्क प्रष्ट छ माओवादी लोभ्याउन, धम्काउन सेट गरिएको एजेण्डा हो भन्ने बुझ्न पनि गाह्रो छैन । हुनत संसदमा बोल्दै गर्दा नेता पौडेलले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रहसमेत गर्नुभयो । आफूले राष्ट्रिपति पाए सबै ठिक हुने नभए नेपाली आकासमा शितयुद्ध मडारिएको डर पनि कांग्रेसले देखाएको छ ।