काठमाडौं, १० माघ । काठमाडौंस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेका पुरुषले व्यक्तिगत र पारिवारिक कारणले घटना गराएको प्रहरीले प्रारम्भीक निस्कर्ष निकालेको छ ।
बानेश्वरको सडकमा आज इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउनुभएको थियो । उहाँको अवस्था गम्भीर छ । उहाँलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगिएको छ । उच्च प्रहरी स्रोतका अनुसार घाइते आचार्यका दाई पर्ने एकजना संसद् सचिवालयमै कार्यरत छन् ।
उहाँ नातामा आचार्यका मामाका छोरा हुनुहुन्छ । आचार्य नयाँ बानेश्वरमै बस्दै आएका थिए भने केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । उच्च प्रहरी अधिकारीले भने,“घटना राजनीतिक देखिएको छैन । अहिले उनकी श्रीमतीलाई प्रहरीले सुरक्षा दिइरहेको छ । अन्य पाटो अनुसन्धानबाट खुल्ला ।”
प्रतिक्रिया दिनुहोस्